बाजुरामा पहिरोमा परेर आमा छोरीको मृत्यु, ५ जना घाइते

१७ श्रावण २०७६, शुक्रबार ११:३८

बाजुरा , बाजुराको गौमुल गाँउपालिका ६ बसालामा गएराति पहिरोले पुरेर आमा छोरीको मृत्यु भएको छ । पहिरोका कारण अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । सुतिरहेको बेलामा घर माथिबाट राति पहिरो आएपछि ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी किशु चदाराको मृत्यु भएको हो।

घाइते मध्ये ९५ वर्षीय जंग चदाराको अबस्था गम्भिर रहेको स्थानियले जानकारी दिएका छन्। उनको गौमुल गाउँपालिकाको शहरि स्वास्थ्य इकाइमा उपचार भइरहेको छ ।