बाख्रा चराउन गएका दुई बालकको डुबेर मृत्यु

१६ श्रावण २०७६, बिहीबार १९:००

वीरगन्ज , बाख्रा चराउन गएका बेला खोलामा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।

बाराको प्रसौनी गाउँपालिका ४ स्थित दुधौरा खोलामा बिहीबार डुबेर स्थानीय इब्राहिम अंसारीका छोरा १० वर्षीय साहिल अंसारी र अजमुल्लाह अंसारीका छोरा १२ वर्षीय अरमान अंसारीको मृत्यु भएको हो।

बाख्रा चराउन गएका दुबै बालक नुहाउने क्रममा खोलामा डुबेको बारा प्रहरीले जनाएको छ ।

खोलामा डुबेर बेहोस भएका दुवै बालकलाई उपचारको लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको बारा प्रहरीले जानकारी दियो ।