बलिउड अभिनेता अक्षय कुमारले वार्षिक कति कमाउछन ?

२४ श्रावण २०७६, शुक्रबार ११:०१

एजेन्सी , बलिउड अभिनेता अक्षय कुमार पछिल्लो समय सबैभन्दा धेरै आम्दानी गर्ने कलाकारका रूपमा परिचित छन् ।

उनले अभिनय गरेका पछिल्ला फिल्मले सय करोड भारु कमाएकै हुन्छन् । त्यसैले उनको पारिश्रमिक पनि बढ्दै गएको हो ।

विश्वचर्चित फोब्र्स म्यागेजिनले सर्वाधिक कमाइ गर्ने कलाकारको सूचीमा अक्षय कुमारलाई ३३औँ नम्बरमा राखेको छ ।

फोब्र्सका अनुसार जुन २०१८ देखि जुन २०१९ सम्म अक्षयको कमाइ चार सय २२ करोड भारु अर्थात् ६५ मिलियन अमेरिकी डलर छ ।