फिल्म रामायणमा ऋतिक रामको र दिपिका सीताको भुमिकामा

२२ श्रावण २०७६, बुधबार १३:३५

एजेन्सी , सदबाहार चर्चामा आइरहने बलिउडका निकै चर्चित अभिनेता ऋतिक रोशनले अब अभिनेत्री दिपिकासँग फिल्म खेल्ने भएका छन् । बलिउडका एक्सन स्टार भनेर पनि चिनिने ऋतिकले एक नयाँ फिल्ममा राम र दीपिकाले सिताको भुमिका निभाउने भएका हुन् । भारतिय मिडियाका अनुसार यी दुई ‘रामायण नामको फिल्ममा श्रीमान र श्रीमतीको भुमिका निभाउने भएका हुन् ।

यस फिल्मको सुटिङ भने ३ डिसेम्बरबाट सुरु हुने जनाइएको छ । फिल्ममेकर नितेशले फिल्ममा रामको भूमिकामा ऋतिकलाई र सीताको भूमिकामा दिपीकालाई लिन चाहेका हुन् । यी दुईले एकसाथ एउटै फिल्ममा काम गर्ने खबर बाहिरिएपछी फ्यानहरु निकै खुशि भएका छन् । पछिल्लो समय भने अभिनेता ऋतिक रोशन र नायिका दिपीका आआफ्नोे फिल्ममा ब्यस्त छन् । अभिनेता ऋतिक रोशनको हालै रिलिज भएको फिल्म ‘सुपर ३०’ले निकै राम्रो ब्यापार गरिरहेको छ ।