प्रहरीविरुद्ध विप्लव समूहले जारी गर्याे पक्राउ पुर्जी, सुराकी नराेके ‘इन्काउन्टर’ गर्ने चेतावनी

१८ श्रावण २०७६, शनिबार १७:५१

कैलाली – नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरोका असई कैलाली बर्दगोरिया–१ का भैरव कुँवरलाई इन्काउन्टरको चेतावनी दिएको छ ।

आफ्ना पार्टीका नेता कार्यकर्तामाथि सुराकी गरेको भन्दै विप्लव समूहले कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्न बाध्य हुने चेतावनी दिएको हो । प्रहरीले देशभर विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेको समयमा विप्लव समूहको कैलाली जनअदालतले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको हो ।

विप्लव समूहले विज्ञप्ति नै निकालेर कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी दिँदै २५ दिनभित्र पक्राउ गर्ने जनाएको छ ।