प्रदेश २ र ५ मा आज सार्वजनिक बिदा

२७ श्रावण २०७६, सोमबार ११:४७

काठमाण्डौ , मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा प्रदेश नं २ र ५ मा सोमबार सार्वजनिक बिदा दिइएको छ । दुवै प्रदेश सरकारले पर्वका अवसरमा सोमबार बिदा दिने निर्णय गरेको हो ।

यो दुवै प्रदेशमा मुस्लिम समुदायको बाहुल्यता रहेकाले प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले इदको शुभकामना दिनुका साथै यो पर्वले भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गर्नुभएको छ ।

यस्तै प्रदेश ५ सरकारले बकर इदको बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित गरेको थियो ।