पूर्वराजा ज्ञानेन्द्र शाहले लेखेको पुस्तक सार्वजनिक

१९ श्रावण २०७६, आईतवार १७:४३

काठमाडौं , पूर्वराजा ज्ञानेन्द्र शाहले लेखेको पुस्तक सार्वजनिक भएको छ। हिमानी ट्रष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रष्टकी अध्यक्ष हिमानी शाहले पुस्तक विमोचन गरेकी हुन्।

बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा हिमानीले ससुरा अर्थात् पूर्वराजा ज्ञानेन्द्रले लेखेको पुस्तक ‘सन्देश सङ्ग्रह’ सार्वजनिक गरेकी हुन्। पुस्तक सार्वजनिक गर्दै हिमानीले पूर्वराजा ज्ञानेन्द्रको सन्देश पढेर सुनाएकी थिइन्। ज्ञानेन्द्र हिमानी ट्रष्टका संरक्षक हुन्।

हिमानी ट्रष्टले सामाजिक काम गर्दै आएको छ। पुस्तक बिक्रीबाट प्राप्त रकमसमेत सामाजिक कार्यमा खर्च हुने ट्रष्टकी अध्यक्ष हिमानीले बताइन्।