पत्रकार पुडासैनी मृत फेला

२१ श्रावण २०७६, मंगलवार ११:२२

काठमाडौं , पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा फेला परेका छन्। माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनी चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

सोमबार राति १० बजेतिर ढोका फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ। दिउँसो साढे तीन बजेतिर होटेलमा बसेका पुडासैनी राति खाना खान नआएपछि भित्रबाट बन्द रहेको ढोका फोडिएको थियो।

केही समयअघि सिधा कुरा जनता कार्यक्रममा कार्यरत पुडासैनी हाल माउण्टेन टेलिभिजनमा कार्यरत थिए। उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए। उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ।