न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कडाइ

११ भाद्र २०७६, बुधबार ०९:४१

काठमाडौं , सरकारले श्रमिकका लागि लागू गरेको न्यूनतम पारिश्रमिकलाई कार्यान्वयन गर्न यसको निरीक्षणलाई तिब्रता दिन थालेको छ ।

कतिपय प्रतिष्ठानले श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न नमानिएको देखेपछि अनुगमन तथा निरीक्षणलाई तिब्रता दिइएको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष दोब्बर बढी प्रतिष्ठानमा अनुगमन गरिएको छ ।

सरकारी कर्मचारीको वृद्धि भएको पारिश्रमिक साउनबाट कार्यान्वयनमा आएपनि न्यूनतम पारिश्रमिकसम्बन्धी कानुन यस अघि लागू भइसकेको छ । यो समाचार कारोबार दैनिकमाछ ।