दोलखामा भीषण पहिरो, १० घर पुरिए, सेनाको हेलिकोप्टर जाँदै

१८ श्रावण २०७६, शनिबार १३:२५

काठमाडौं , दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगुको झगडेमा भीषण पहिरो गएको छ । शुक्रबार राति गएको पहिरोबाट १० घर भत्किएका छन् । केही घर पुरै पुरिएका छन् । पहिरोको कारण २ जना सम्पर्कविहीन भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सोही ठाउँका ५५ वर्षीय जगतबहादुर खत्री र १६ वर्षीय निशान खड्का बेपत्ता रहेको बताइएको छ । उद्धारका लागि काठमाडौंबाट सेनाको हेलिकोप्टर जाँदै गरेको बताइएको छ ।