दश हजार घुससहित सहायक वन अधिकृत पक्राउ

६ भाद्र २०७६, शुक्रबार १९:५७

बर्दिया , बाँसगढी वनका सव डिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत अनिलकुमार गुप्ता सेवाग्राहीसँग १० हजार घुस लिँदै गर्दा पक्राउ परेका छन् । उनले काम बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।

घुस रकम मागेको गोप्य सुचनाका आधारमा छापा मार्दा उनी रंगे हात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका सुचना अधिकृत लोकमणि पाण्डेले बताए । उनलाई थप अनुसन्धानका लागि अख्तियारले नियन्त्रणमा लिएको छ ।