त्रिशूलीमा बस खस्दा तीनको मृत्यु, २५ वेपत्ता

२४ श्रावण २०७६, शुक्रबार ०९:४४

काठमाडौं , सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको रात्रिबस त्रिशूलीमा खस्दा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना हराइएका र १२ जना गम्भीर घाइते भएका छन् ।

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस सुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खसेको थियो ।

घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।