नख्खु कारागारमा झडप, एकको मृत्यु

१७ श्रावण २०७६, शुक्रबार १४:१७

काठमाडौं, आज नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार अपरान्हमा भएको झडपमा नख्खु कारगारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीवको मृत्यु भएको हो ।
ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेका हुन् । आक्रमणकारीको नाम पवन रहेको बुझिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।