एक्सन स्टार ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ को ट्रेलर (भिडियो सहित)

१० भाद्र २०७६, मंगलवार १४:५५

एजेन्सी, एक्सन स्टार ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ को ट्रेलर सार्वजनिक भएको छ । यश राज फिल्म्सको प्रस्तुतिमा तयार पारिएको यस फिल्मको ट्रेलर सार्बजनिक भए लगत्तै दर्शकले निकै मनपराएका छन् । केहि समय अघि सार्वजनिक भएको यस फिल्मको टिजर पनि दर्शकले निक्रै रुचाएका थिए ।

यो ट्रेलरमा पनि अभिनेता ऋतिक रोशन र टाइगर श्राफको द्वन्द्व देखाइएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यस फिल्मको ट्रेलरमा ऋतिकले खलनायकको भूमिका निभाएको देखिएको छ । यस फिल्ममा टाइगर , ऋतिक र बाणीको मुख्य भुमिका रहेको छ । यो फिल्म अक्टोवर २ मा रिलिज हुने तयारीमा रहेको छ ।