आयातित पत्रुखानाले अल्पायुमै मृत्यु

११ भाद्र २०७६, बुधबार १०:३३

काठमाडौं, धेरै नेपाली घरको अत्यावश्यक ब्रेकफास्टका रुपमा सिरियल लोकप्रिय भइरहेको छ ।

नेपाली बजारमा अन्तर्राष्ट्रिय बजारमा अन्तर्राष्ट्रिय ब्रान्डका यस्ता खाद्यपदार्थ उपलब्ध छन् । सिरियल सामान्यता भुटेको मकै, गुहुँ, आदिबाट बनाइन्छ ।

नेपाली बजारमा उपलब्ध यस्ता ब्रान्डलाई अति प्रशोधित (पत्रुखाना) खाद्यवस्तुका रुपमा पोषणविद्ले चित्रण गर्दै आएका छन् । यस्ता अधिकांश खाद्य पदार्थमा फाइबर र प्रोटिन हुँदैन, अत्याधिक चिनी पाइन्छ ।

यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ । ब्रिटिस मेडिकल जर्नलमा हालै प्रकाशित अध्ययनअनुसार सिरियलजस्ता अति प्रशोधित खाद्यपदार्थले मानव स्वास्थ्यमा क्षति गर्छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।