आज देशका केही स्थानमा चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावना , सतर्क रहन आग्रह

१९ श्रावण २०७६, आईतवार १३:१४

काठमाडौं , मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान विज्ञप्ती निकालेको छ । विभागले आज देशका केही स्थानमा चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावना औंल्याउँदै सतर्क रहन आग्रह गरेको छ ।

विभागले देशका केही स्थानमा मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वका पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने, राति देशभर आंशिकदेखि सामान्य बदली रही देशक मध्य र पूर्वका केही स्थानमा तथा पश्चिमी भू भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको औंल्याएको छ ।