अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

६ भाद्र २०७६, शुक्रबार १९:४५

रुकुम , जाजरकोट नलगाड नगरपालिका–१ स्थित अरिङ्गालको टोबाइबाट एक महिलाको ज्यान गएको छ ।

स्थानीय ५५ वर्षीया वेलकुमारी पुन शुक्रबार दिउँसो बारीमा घाँस काट्न गएको समयमा अरिङ्गालको टोकाइबाट घाइते भएकी थिइन् । घाइते भएकी उनलाई उपचारको लागि रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको स्वास्थ्य चौकीमा उपचार गराइँदा मृत्यु भएको हो ।