लागु औषधसहित फरार युवा पक्राउ

१० श्रावण २०७६, शुक्रबार १७:५७


काठमाडौं , लागु औषधसहित फरार नुवाकोट तारकेश्वर गाउँपालिका ९ घर भएका २३ वर्षीय कृष्ण श्रेष्ठ पक्राउ परेका छन् । उनलाई शुक्रबार महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका(९ गौशाला बसपार्कस्थित जनकपुर गेष्ट हाउसबाट ५ साउनमा करिब ३ केजी अवैध लागु औषध गाँजासहित पक्राउ गर्ने क्रममा तत्काल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषले गाँजा छोडी फरार भएका थिए । फरार व्यक्तिको खोजी गर्ने क्रममा नुवाकोट तारकेश्वर गाउँपालिका(९ का स्थानीय प्रहरीको समन्वयमा महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।