राष्ट्रियता र स्वाधीनता कमजोर हुँदै

१३ श्रावण २०७६, सोमबार १३:०२

बिष्णुप्रसाद शर्मा

राष्ट्रवाद भनेको राष्ट्रप्रतिको गहन जिम्मेवारी, दायित्व र समर्पण हो। देशभक्त राष्ट्रवादीहरुले देशको पहिचान सार्वभौमसत्ता र राष्ट्रको अस्तित्व बचाइराख्ने अठोट बोक्नु पर्छ । यो नै राष्ट्रप्रतिको माया हो ।
मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डताको संरक्षण र संवद्र्धन गर्नु नै हामी सवै नेपालीको दायित्व र कर्तब्य हो । देशको आर्थिक, राजनीतिक, सांस्कृतिक रूपान्तरण देशभक्त नेपालीले मात्र गर्न सक्छन । अरुले गर्न सक्दैनन् । राष्ट्रियता, राष्ट्रिय अखण्डता र जनताको सार्वभौमसत्ताको लागि देशभक्त राष्ट्रवादी शक्तिहरु लडिरहनु पर्छ ।
आज ब्यवस्था फेरिएको छ। तर देशमा शासन गर्ने व्यक्तिको शैली र रबैया बदलिएको छैन। जनताले यो ब्यवस्थाबाट खुशियालीको कुनै अनुभूति गर्न पाएका छैनन। मुलुकको राष्ट्रियता र स्वाधीनता पनि कमजोर हुँदै गइरहेको छ।
यो बर्तमान कम्युनिस्ट सरकारले देशलाई समृद्ध बनाउने कुनै लक्षण देखाउन सकेको छैन। जनतालाई भ्रममा मात्र पारेको छ । नेपाली जनता सधै भ्रममा परिरहन सक्दैनन् । जनतालाई झुक्याइएको छ । यो ब्यवस्थाको बिरुद्द जनता सडकमा आएका छन । यो कुरा ओली सरकारले बुझन जरुरी छ ।

नेपाल एक सार्वभौमसत्ता सम्पन्न मुलुक हो। यसले देशको स्वाधीनताको रक्षा गदै अघि बढ्नु पर्ने थियो तर सरकार लगातार विवादमा परेको छ । स्पष्ट निर्णय लिन नसक्ने ओली सरकारको लक्ष्य र यसको गन्तव्य विवादको भुमरीमा परेको छ।

दुईतिहाइको सरकार गठन भएपछि उनका निर्णय विवादास्पद उन्मुख देखिन्छन्। शासन शैली जनताप्रति उत्तरदायी र जवाफदेही छैन।

वर्तमान सरकारप्रति आज राष्ट्रव्यापी निराशा छाएको देखिन्छ। बर्तमान ओली सरकारले देशलाई समृद्ध बनाउने कुनै लक्षण देखाउन सकेको छैन।