प्रतिपक्षको घेराउपछि संसद बैठक स्थगित

१५ श्रावण २०७६, बुधबार १३:५८

काठमाडौं , प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। १६ गते दिउँसो बस्नेगरी बुधबारको बैठक स्थगित भएको हो।
प्रतिपक्षी दलहरुले रोष्ट्रम अगाडि करिब एक घण्टा नारा लगाएपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गर्नु भयो । प्रतिपक्षी दलहरूले सर्लाहीका घटनालाई लिएर छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएका छन्। बुधबारको बैठकमा पनि अवरोधको मुख्य कारण यही रह्यो।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारबाही गर्न समेत सांसदले माग गरे। मधेस आन्दोलनको बेला भएका घटनाको छानबिन गर्न गठिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत यही बैठकमा प्रतिपक्षी दलका सांसदले माग गरे।