नेपाल हिन्दुराष्ट्र हुनुपर्छः भाजपा नेता

१२ श्रावण २०७६, आईतवार ११:०१

काठमाडौँ , सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा राज्यसभा सांसद डा सुब्रमन्यम स्वामीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने माग गर्नु भएको छ ।

विश्व हिन्दु महासंघ र विश्व हिन्दु परिषद्द्वारा संयुक्त रुपमा काठमाडौँमा आयोजना गरिएको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा स्वामीले सो कुरा बताउनु भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै डा स्वामीले नेपालको भौगलिक अवस्था र इतिहासले गर्दा नेपाल हिन्दु राष्ट्र हुनुपर्ने जिकिर गर्नु भयो । यसबारे भारत र चीनसमेत सकारात्मक रहेको उहाँले दाबी गर्नु भयो ।

उहाँले शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बालुवाटार पुगेर भेटवार्ता गर्नु भयो ।
करिब ३० मिनेट भएको भेटवार्तामा नेपाल भारतको द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको जानकारी प्राप्त भएको छ ।शनिबार उहाँले पशुपतिनाथको समेत दर्शन गर्नु भएको थियो ।