नाटकीयरुपमा पार्टी एकता भएको होइनः अध्यक्ष प्रचण्ड

७ श्रावण २०७६, मंगलवार १४:४०

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता ठूला ठूला परिघटना छिचोल्दै यहाँसम्म आइपुगेको बताउनु भएको छ ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवसका अवसरमा कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो ।
अध्यक्ष दाहालले पार्टीभित्र देखिएकाकमी कमजोरी सच्याउने संकल्प गर्नुपर्नेमा जोड दिनु भयो । पुष्पलाल स्मृति दिवसको अवसरमा पुस्पलाल स्मृति प्रतिष्ठानले मंगलबार बिहान कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलालपार्कमा विशेष कार्यक्रम गरेको थियो।
स्मृति सभाअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललगायतका शीर्ष नेताले पुष्पलालको शालिकमा माल्यार्पण गर्नु भएको थियो ।
नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्द बल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले वि।सं। २००६ वैशाख १० गते नेकपा स्थापना गर्नु भएको थियो । वि।सं। १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनु भएका पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाईं लडनु भएको थियो ।