चर्चित गायक मोतिराज र राधा आचार्यको तिजको कोशेली ‘सधै तमासा’ सार्वजनिक

१२ श्रावण २०७६, आईतवार १४:५५

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अर्घाखाँचीको लोक संगितलाई संसारकै ‘युनिक’ संस्कृतिको रुपमा चित्रण गर्नु भएको छ ।
शनिवार अर्घाखाँची सरोकार समाजले रिपोर्टर्स क्लब नेपालमा मोतीराज खनाल र राधा आचार्य अधिकारीको गिती एल्बम ‘सधै तमासा’ नामक तीज गीतको बिमोचन गर्दै रायमाझीले यस्तो
बताउनु भएको हो । उहाँले अर्घाखाँची प्राकृतिक, भौगोलीक तथा सांस्कृतिक रुपमा निकै धनी रहेको बताउदै अर्घाखाँचीको पहिचानलाई संसारसामु चिनाउन आवश्यक रहेको बताउनु भयो ।

गीत संगीतको माध्यमबाट संस्कृितको व्याकरणदेखि भगवान शिवले महिनौं अध्ययन तथा अनुसन्धान गरेको साथै पतञ्जली ऋषिले तपस्या गरेको ठाँउको रुपमा पनि अर्घाखाँचीलाई विश्वभरि चिनाउन आवश्यक रहेको रायमाझीले बताउनु भयो ।

जिल्लामा रहेका पौराणिक तथा सांस्कृतिक धरोहर र स्थानीय मौलिकतामा निकै धनी रहेको बताउँदै जिल्लाको विकास निर्माणका योजनामा बृद्वि भईरहेको पनि नेता रायमाझीले दाबी गर्नु भयो ।

ढोरपाटन जाने बाटोनिकट भविश्यमा सम्पन्न हुने जानकारी गराउदै उहाँले सुपा देउराली नजिकको बाटो पनि चार लेनको हुने प्रक्रिया शुरु भईसकेको बताउनु भयो ।

मोतीराज खनाल र राधा आचार्यको स्वरमा रहेको यस गितका शब्द मोतिराज खनालले गर्नु भएको हो । गिता पराजुलीको संगित रहेको उक्त गीतको म्युजिक भिडियो सापकोटा प्रोडक्सनले बजारमा ल्याएको हो । चर्चित कलाकार कमल गाउँले, रञ्जु अधिकारी र भीमा लामाको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश धमलाले सम्पादन गर्नु भएको छ ।

कार्यक्रममा उक्त गिती एल्बम बजारमा ल्याउन योगदान पु¥याउने कलाकार तथा स्रष्टाहरुलाई अर्घाखाची सरोकार समाजले ‘गायक मोतीराज खनाल तथा गायिका राधा अधिकारी प्रमाणपत्र’ प्रदान गरेको छ ।

उक्त अवसरमा समाजले कमल गाउँले, सन्तोष केसी, सुनिल बिसी, रञ्जु अधिकारी, नारायण पाण्डे, सरिता पाण्डे, कृष्ण सापकोटा, लक्ष्मण चापागाँई र गिता पराजुलीलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो ।