करेन्ट लागेर महिलाको मृत्यु

१२ श्रावण २०७६, आईतवार १८:४१

सिन्धुली , सिन्धुलीमा करेन्ट लागेर आइतबार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दुधौली नगरपालिका ८ चितुवा खाडीका भोजबहादुर खड्काकी ३० वर्षीया श्रीमती मेनुका खड्का रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्रबहादुर सिंहका अनुसार खड्काको आफ्नै घरको छानामा सुकाउन राखेको दाल उठाउन जाँदा करेन्टर लागेर मृत्यु भएको थियो।

करेन्ट लागेर घाइते भएकी खड्काको स्थानीय पोलिकिल्नीकमा उपचार गराउने क्रममा मृत्यु भएको हो।