आफूसँग उत्कृष्ट टिम रहेको जिदानको दावी

१५ श्रावण २०७६, बुधबार १६:०५

एजेन्सी , स्पेनिस क्लब रियल मड्रिड यतिबेला प्रि–सिजन टुरमा छ । रियल मंगलबार भएको औडी कपको सेमिफाइनल खेलमा टोटेनहमसँग १–० ले पराजित भयो ।

प्रि–सिजनको खेलमा नै एट्लेटिको मड्रिडसँग ७–३ गोल अन्तरले पराजित भएको रियल पुनः टोटेनहमसँग पराजित भएको हो । मंगलबारको हारपछि बोल्दै रियलका प्रशिक्षक जिनेदिन जिदानले केही खेलमा पराजित भएपनि टिम उत्कृष्ट भएको बताएका छन् ।

“आज हामी उत्कृष्ट छौँ, हामी अझै उत्कृष्ट हुने प्रयास गर्नेछौँ । हामी पराजित भएपछि खुशी हुन सक्दैनौँ तर हामी सबै कुरामा उत्कृष्ट हनु प्रयास गर्नेछौं, जुन कुरामा हामी सकरात्मक छौँ,” जिदानले भने ।

रियलमा रहेर सबै खाले प्रतियोगिता जिताएका उनले २०१८ को सिजन रियललाई च्याम्पियन्स लिग जिताउँदै क्लबको प्रशिक्षकबाट राजीनामा दिएका थिए । उनी पुनः २०१८–१९ को सिजनको अन्त्यतिर क्लबमा आएका थिए । “मलाई थाहा छैन के गर्दा राम्रो हुनेछ, हामी यहाँ छौ, प्रशिक्षण गरिरहेका छौ र म त्यसैको बारेमा सोचिरहेको छु,” जिदानले थपे, “हामी यहाँ छौँ । हामी सबै छौँ । हामी हाम्रो टिममा काम गरिरहेका छौँ र मेरा खेलाडीमा आत्मविश्वास छ । यो सत्य हो कि खेल झन्पछि झन् बिगँ्रदै गएको छ । खेल हार्नु राम्रो होइन तर हामीले हाम्रो आत्मविश्वास घटाउने छैनौँ । हामीलाई थाहा छ यो वर्षमा हामीले राम्रो प्रदर्शन गर्नेछौँ ।”