सेमिफाइनलमा आर्मीको मध्यम सुरुआत

२२ जेष्ठ २०७६, बुधबार ११:४४

एजेन्सी , विभागीय क्लब त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रदेश नम्बर तीनविरुद्ध मध्यम सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारे ब्याटिङ थालेको आर्मीले २८ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा १ सय २६ रन बनाएको छ ।

आर्मीका लागि राजु रिजालले अर्धशतक बनाएका छन् । ८६ बल खेलेका राजुले ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए । हरि चौहान ३८ रनमा एलबिडब्लु शिकार हुँदा हरिशंकर झाले १२ रन बनाएका छन् । रोहित पौडेल र राजेश पुलामीमगरले आर्मीको इनिङ्स सम्हालिरहेका छन् । विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी पारसको कप्तानीमा रहेको प्रदेश तीनलाई हराउँदै फाइनल यात्रा तय गर्ने लक्ष्यमा छ ।