सिलिन्डर ग्यास पड्किँदा एकै परिवारका चारसहित सात घाइते एकको अवस्था गम्भीर

२४ जेष्ठ २०७६, शुक्रबार ११:५६

जनकपुर, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका चारसहित सात जना घाईते भएका छन् ।

स्थानिय सुकुमायाँ ब्लोनको घरमा सिलिण्डर पड्किँदा उनको परिवारका चार सहित अन्य घाइते भएका हुन् । घाईते सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भैरहेको छ ।

अमर ग्यास कम्पनीको सिलिण्डरबाट ग्यास लिक भएपछि आगलागीमा परी ६७ बर्षीय नजरमान थिङ, २८ बर्षीया सुकुमाया ब्लोन, ३१ बर्षीय बौद्धमान थिङ र ३२ बर्षीया अनिता थिङ घाईते भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

स्थानिय ५२ बर्षीय दिलमाया वाइबा, २८ बर्षीया सुनमायाँ ब्लोन र २६ बर्षकी कमलिमायाँ घाईते भएका छन् । घाईतेमध्ये दिलमायँको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईते सबैको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भैरहेको छ ।