सानेपामा जीप दुर्घटना हुँदा गोविन्द घिमिरे शर्माको मृत्यु

२० जेष्ठ २०७६, सोमबार ११:४५

ललितपुर , ललितपुरको सानेपामा ३ वटा जीप र एउटा मोटरसाइकल ठोक्किँदा २ जनाको हिजो ज्यान गएको छ ।

मोटरसाइकलमा सवार ललितपुर गोदावरीका गोविन्द घिमिरे शर्मा र नुवाकोटका २८ वर्षका चन्द्रमणी मदुहारीको ज्यान गएको छ ।

सुरुमा २ वटा जीप ठोक्किएको र त्यसपछि थप अर्को एउटा जीप र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।