विप्लव समूहका दुई नेता पक्राउ

९ असार २०७६, सोमबार १५:२०

विराटनगर , अटोमेटिक पेस्तोल र गोलीसहित मोरङ प्रहरीले विप्लव समूहका दुई नेतालाई पक्राउ गरेको छ ।

अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको हो । धिमाल विप्लव समूहका सक्रिय कार्यकर्ता हुन् । राई केही महिनाअघि समुहले जनपरिषद प्रमुख घोषणा गरेका व्यक्ति हुन् ।

पक्राउ परेकाहरुको साथबाट अटोमेटिक पेस्तोल २ थान, सो पेस्तोलमा लाग्ने ४ नाल म्यागजिन र १४ राउण्ड गोली बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।