प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण सकेर आज स्वदेश फिर्ता

१ असार २०७६, आईतवार ११:३७

काठमाडौं , युरोपका तीन देशको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किनु भएको छ । ओली बेलायत, फ्रान्स र स्वीट्जरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनु भएको हो । भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै बेलायतका राजकुमार र प्रधानमन्त्रीसँग भेटघाट गर्नु भयो ।