प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्न लाग्दा काँग्रेसको नाराबाजी, बैठक स्थगित

३ असार २०७६, मंगलवार १३:००

काठमाडौं , प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न सक्नु भएन । आजको बैठकमा प्रधानमन्त्री ओलीले युरोप भ्रमण, गुठी विधेयक र लोकसेवा विवादसहितका विषयमा संसदलाई जानकारी गराउने कार्यक्रम थियो ।तर प्रधानमन्त्री ओली बोल्न रोस्टममा पुग्नासाथ प्रतिपक्षी कांग्रेसका सांसदहरुले नारा लगाएपछि उहाँ फर्किनु भएको थियो । त्यसपछि सभामुख कृष्णबहादुर महराले आफ्नो सिटमा बस्न कांग्रेस सांसदहरुलाई पटक पटक रुलिङ गर्नु भएको थियो । प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्न लाग्दा काँग्रेसको नाराबाजीले गर्दा बैठक स्थगित भएको छ ।