डा डिआर उपाध्यायको नयाँ गीत ‘तिम्रो आँखाको नानीभित्र’ सार्वजनिक

२१ जेष्ठ २०७६, मंगलवार ०९:३९

काठमाडौं , गीतकार तथा उपन्यासकार डा डिआर उपाध्यायको नयाँ गीत ‘तिम्रो आँखाको नानीभित्र लुक्न देऊ मलाई’ सार्वजनिक भएको छ ।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गायक सन्तोष लामा र गायिका बानिका प्रधानको आवाज रहेको छ । शुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोको कोरियोग्राफी राज महर्जनको रहेको छ । गीतको भिडियोमा विनु शाक्य र पुस्कर ढुंगानालाई फिचरिङ गरिएको छ । प्रेम लामाले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

यसअघि डा उपाध्यायले एकैसाथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेका थिए । डा उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता÷दर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।