चेक बाउन्स गराएर फरार खड्का पक्राउ

४ असार २०७६, बुधबार १५:४०

काठमाडौं , बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका एक जनालाई केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले पक्राउ गरेको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने कुमार खड्कालाई सीआईबीले राजधानीको सुकेधाराबाट पक्राउ गरेको हो ।

खड्काले प्रमोद जैसवालसाँग आर्थिक व्यवहार मिलाउन भनि २३ लाख ऋण लिएको तर तिर्ने बेलामा नेपाल एसबीआई बैंकको ब्यालेन्स नभएको चेक काट्दा चेक बाउन्स भएको थियो ।

त्यसपछि जैसवाल अदालत गएकोमा उच्च अदालत पाटनको ०७६ वैशाख १६ गते उनलाई एक महिना कैद र २३ लाख जरिवाना ठहर गरेको थियो ।

प्रहरीका अनुसार खड्काले ०७४ कात्तिक ११ मा जैसवालको नाममा चेक जारी गरेकोमा भक्तानी हुन नसकी बाउन्स भएको थियो ।

खड्कालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी अदालतको आदेशपछि कैद भुक्तानको लागि कारागार पठाईएको छ।