काँग्रेसमा महाधिवेशन छिटो गर्न दबाब

२६ जेष्ठ २०७६, आईतवार ११:३३

काठमाडौं , सङ्घीय ढाँचा अनुसार पार्टी संरचना बनाउन नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न कार्यकर्ताले दबाब दिएका छन् ।

काँग्रेसले वैशाख २५ देखि ७७ वटै जिल्लामा सुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ का क्रममा कार्यकर्ताले नेतृत्वमा यस्तो दबाब दिएका हुन् ।

पार्टी विधानलाई संघीय संरचनाअनुसार तयार गरेको काँग्रेसले आसन्न १४औँ महाधिवेशनको पूर्व तयारीस्वरूप यो अभियान सुरु गरेको हो । देशका ७७ वटै जिल्ला सदुरमकामबाट अभियान सुरु भएको र अभियान स्थानीय तहसम्म पुगेर पुनः जिल्लामा आएर शनिबार समापन गरिएको जानकारी दिइएको छ ।

निर्वाचनपछि पहिलो पटक ७७ वटै जिल्लाको प्रायः सबै स्थानीय तहमा भएका जागरण अभियानमा जिल्लास्तरका नेता तथा कार्यकर्ताले केन्द्रमा रहेको गुटबन्दी अन्त्य हुनुपर्ने र पार्टीका संरचनाहरू छिटो तयार हुनुपर्नेमा जोड दिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।