एकनाथ ढकालले मागे राष्ट्रियसभा सदस्य

२ असार २०७६, सोमबार १३:५९

काठमाडौं , परिवार दलले संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चुनावका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गरेका हुन् । सहमतिमा परिवार दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख रहेको परिवार दलले जनाएको छ ।