२६ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताका लागि ऐक्यवद्धता र्याली

१८ बैशाख २०७६, बुधबार ११:४१

काठमाडौँ, नेपाल पत्रकार महासंघले राजधानी काठमाडौँमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताका लागि ऐक्यवद्धता र्याली गरेको छ ।

२६ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासघंले बुधबार बिहान बबरमहल देखि नयाँवानेश्वरसम्म प्रभात फेरी निकालेको हो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अघि बढाएको महासंघको अभियानमा पत्रकार, पेशाकर्मी नारिक अधिकारकर्मी, बुद्धिजीवी, युवा, विद्यार्थी तथा श्रमजीवीहरु सहभागी भई ऐक्यवद्धता जनाएका थिए ।

प्रभातफेरीमा महासंघका उपत्यकाका तीनवटै जिल्ला शाखा, उपत्यका प्रदेश कमिटी लगायतमा आवद्ध पत्रकारहरु ब्यानरसहित सहभागी भएका थिए ।