हावाहुरीका कारण नवलपरासी पूर्वका सबै स्कुल तथा कलेज बन्द

२० बैशाख २०७६, शुक्रबार ११:४०

नवलपरासी – हावाहुरीका कारण नवलपरासी पूर्वका सबै स्कुल तथा कलेज आज एक दिनका लागि बन्द गरिएको छ । 

सबै स्थानीय तहका शिक्षा समितिको बैठक बसेर मौसम अनुकुल नभएको भन्दै आज एक दिनका लागि सबै स्कुल तथा कलेज बन्द गरिएको हो । नवलपरासीमा बिहान हावाहुरीका साथै  पानी पनि परेको थियो । अहिले भने मौसम सामान्य रहेको छ ।