संघीय संसद भवनमा आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

२० बैशाख २०७६, शुक्रबार १०:३१

काठमाडौँ , आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसद भवन बानेश्वरमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपति भण्डारीले वाचन गर्ने कार्यक्रम रहेको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु उपस्थित हुनेछन् । यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आर्थिक वर्ष ०७६ । ०७७ को बजेट प्रस्तुत गर्नेछ ।