वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे पुरस्कृत

२५ बैशाख २०७६, बुधबार ११:३३

विराटनगर, पूर्वान्चल साहित्य प्रतिष्ठान, विराटनगरले प्रदान गर्दै आएको कवि टेकनाथ अधिकारी साहित्य संस्कृति पुरस्कार–२०७५, वरिष्ठ साहित्यिक पत्रकार एवम् रचनाका सम्पादक रोचक घिमिरेलाई प्रदान गरिएको छ । मंगलबार विराटनगरमा आयोजित एक विशेष कार्यक्रममा प्रमुख अतिथि साहित्यकार सनत रेग्मीले पत्रकार घिमिरेलाई सो पुरस्कार प्रदान गरे ।

उक्त पुरस्कार समर्पण समारोहमा डा गोपाल भण्डारीले पुरस्कृत व्यक्तित्वको परिचय प्रस्तुत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, भूषण ढुँगेल, निर्मला कोइराला, मीनकुमार नबोदीत तथा प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले बोलेका थिए ।

कवि टेकनाथ शिवा अधिकारी साहित्य पुरस्कार यस अघि भाषाशास्त्री बालकृष्ण पोखरेल, डा तुलसी भट्टराई र मनिराज जोशीलाई प्रदान गरिसकिएको छ । सो पुरस्कार कवि टेकनाथ अधिकारीका परिवार डिल्लीराम, भवानी र गोकुल अधिकारीले स्थापना गरेका हुन् ।