ललिता निवास अदालतको विवादास्पद फैसलाले दुई खर्बको सरकारी सम्पत्ति गुम्ने खतरा

११ जेष्ठ २०७६, शनिबार ११:०६

काठमाडौं , बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गासम्बन्धी काठमाडौँ जिल्ला अदालतले गरेको विवादास्पद फैसला नसच्चिए सरकारी स्वामित्वमा भएका ६ वटा राणाकालीन दरबार व्यक्तिका नाममा जाने जोखिम बढेको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको इजलासले २०७५ वैशाख १९ गते गरेको फैसला नसच्चिए २०२१ सालमा अधिग्रहण गरिएका ललितानिवास बालुवाटार सहित लक्ष्मीनिवास महाराजगञ्ज , महावीर भवन नक्साल , सीता भवन बालमन्दिर कुरियागाउँ बबरमहल र हरिहरभवन पुल्चोक को करिब १२ सय ९८ रोपनी सरकारी जग्गा गुम्न सक्ने देखिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।