भीरबाट लडेर ७९ वर्षीय बृद्धको मृत्यु

५ जेष्ठ २०७६, आईतवार १२:१२

उदयपुर , जिल्लाको कटारी नगरपालिका–१० थुम्कीमा भीरबाट लडेर ७९ वर्षीय बृद्धको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ घर भएका ७९ वर्षीय नरबहादुर खड्काको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपलिका–९ मा रहेको छोरीको घरमा भएको विवाहमा सहभागी भई शनिबार दिउँसो घर फर्कने क्रममा भीरबाट लडेर ज्यान गएको हो ।