भिल्लारियलमाथि रियल मड्रिडको जित

२३ बैशाख २०७६, सोमबार ०७:४७

स्पेनिस ला लिगमा रियल मड्रिडले भिल्लारियलमाथि ३–२ को जित निकालेको छ । रियल मड्रिडको जितमा मारियानो डियाजले दुई गोल गरे ।

सान्टियागो बर्नाबाउमा भएको खेलको दोस्रो मिनेटमा नै डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

११औं मिनेटमा नै जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई खेलमा फर्काए । ४०औं मिनेटमा भिल्लारियलको डिफेन्सिभ ब्लण्डरको फाइदा उठाउँदै जेसस भाल्लेजोले गरेपछि रियलले फेरि अग्रता लियो ।

४९औं मिनेटमा डियाजले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–१ को अग्रता दिलाए । दोस्रो हाफको इन्ज्युरी समयमा जाउमे कोस्टाले गोल गरेपछि भिल्लारियलले रियल मड्रिडको अग्रता ३–२ मा छोट्याए पनि थप गोल गर्न सकेन ।