प्रभु इन्स्योरेन्स र सिटिजन्स बैंकबीच सम्झौता

१ जेष्ठ २०७६, बुधबार १४:३६

काठमाडौं , प्रभु इन्स्योरेन्स लिमिटेड र सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडबिच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरे । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले सजिलै र सरल रुपमा वीमा सेवा पाउन सकिने भएका छन् ।