पत्रकार सडकमा

३ जेष्ठ २०७६, शुक्रबार १५:०३

काठमाडौं , संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै आन्दोलित भएको नेपाल पत्रकार महासंघले विरोध प्रदर्शन गरेको छ ।

महासंघको अगुवाइमा भएको प्रदर्शनमा नागरिक समाजका अगुवा तथा आम सर्वसाधारण पनि सहभागी थिए । प्रदर्शनमा सहभागीहरुले मुखमा कालोपट्टी बाँध्नुका साथै प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारसम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।