नेहाको ‘बाँधेर राखुकी चोलिको तुनामा’’ भिडियो सार्वजनिक

११ जेष्ठ २०७६, शनिबार ११:३४

काठमाडौं , गायिका नेहा लामाको आवाज रहेको गीत ‘बाधेर राखुकी चोलिको तुनामा’ को भिडियो सार्वजनिक भएको छ । मित्र केसीको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोलाई मिना लामाले निर्देशन गरेकी हुन् ।

राजकुमार महर्जन निर्माता रहेको भिडियोमा पूजा महर्जन, राजन छेत्रीको साथमा अर्जुन पुन मगर, प्रवीणा काफ्ले, मनिका माझी, रश्मी परियार र उर्मिला कार्कीको अभिनय छ । गीतको भिडियो ह्वाइट पिजन मिडियामार्फत सार्वजनिक गरिएको हो ।