धादिङलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

३ जेष्ठ २०७६, शुक्रबार १४:४४

काठमाडौं , धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ । दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रले बताएको छ ।