झापाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, पाँचजनाको मृत्यु

५ जेष्ठ २०७६, आईतवार ११:०८

काठमाडौं , झापाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खसेको छ । ना ७ ख ४३८७ नम्बरको बस धादिङको आदमघाट नजिकै दुर्घटनामा परेको हो । गजुरी प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

गजुरी गाउँपालिका ६ बन्छेटारबाट बस त्रिशूली नदीमा खसेको हो । १४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने केहीको गल्छी र गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् ।