किशोरीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने दम्पति पक्राउ

८ जेष्ठ २०७६, बुधबार १८:५७

काठमाण्डौ , झाडुपोछाको काम गर्न होटेलमा राखेकी कपिलवस्तुकी १५ वर्षीया नाबालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ स्थित राप्ती मेनु होटेल सञ्चालक २९ वर्षीय अनिल भन्ने टेकबहादुर कुँवर र उनकी श्रीमती ३३ वर्षीया मीनाकुमारी बस्नेत कुवँर रहेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

१५ वर्षीया नाबालिकालाई आफन्त नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरेको बताइएको छ । उनलाई आफन्त नेपालको संरक्षणमा राखिएको छ ।