कम्युनिष्टहरुले निषेधको राजनीति गरेर मुठभेड निम्त्याएः नेता कोइराला

१९ बैशाख २०७६, बिहीबार १२:०६

बनेपा, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिष्टहरुले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरेर कांग्रेससँग मुठभेड निम्त्याएको बताउनु भएको छ ।

कोइरालाले आफूहरु प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न तयार भए पनि सरकार दुई तिहाईको दम्भले अगाडि बढिरहेको आरोप लगाउनु भयो । सरकारको दम्भले सीमा नाघेको पनि उहाँको भनाइ थियो।

कम्युनिष्टहरुको ज्यादतिका विरुद्ध लड्ने समय आएको बताउँदै कोइरालाले त्यसका विरुद्ध तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।

नेपाली कांग्रेस भुम्लु गाउँपालिकाले काभ्रेको सल्लेमा गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा डा कोइरालाले पार्टीभित्र केही वैचारिक मतभेद रहे पनि कम्युनिष्टका विरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको विश्वास दिलाउनु भयो ।