ॐ गोकर्णेश्वर यातायात प्रा लि संचालनमा आयो

१६ बैशाख २०७६, सोमबार ११:०३

काठमाडौं, ॐ गोकर्णेश्वर यातायात प्रा लि संचालनमा आएको छ । सुन्जु लामा थिङको अध्यक्षतामा उक्त कम्पनी संचालनमा आएको हो । कम्पनीको संचालकमा कमान सिंह लामा, दिपक भण्डारी, दिनेश श्रेष्ठ, प्रज्ज्वल श्रेष्ठ आदी रहेका छन् ।

ॐ गोकर्णेश्वर बाबा गोकर्णेश्वरबाट छुट्टीएर बनेको नयाँ यातायात कम्पनी हो । ॐ गोकर्णेश्वरले काठमाडौं उपत्यका स्थित माकलबारी, जोरपाटि, चावहिल, रत्नपार्क, रिङरोड क्षेत्रका विभिन्न रुटमा यातायात सेवा उपलब्ध गराउदै आएको छ । एक महिना अघि देखी यातायात कम्पनीका रुपमा दर्ता भई संचालनमा आएको ॐ गोकर्णेश्वरले ११ वटा बसहरु नियमित तबरले संचालनमा ल्याएको छ । कम्पनी अन्तर्गत २५ जनाले रोजगारी पाएको कम्पनीका संचालक समिति सदस्य कमान सिंह लामाले जानकारी दिए । उनले बताए अनुसार कम्पनीमा आबद्ध हुन चाहने अन्य यातायात ब्यवसायीहरुको संख्या दिनप्रति दिन बढदै गएको छ ।